२०८३, आषाढ १४ गते

Jun 28 2026 | २०८३, आषाढ १४ गते

मदिरा व्यवसायी संघ भैरहवाद्वारा महायज्ञमा सहयोग

शनिवार , माघ १२, २०८१

  • 943
    Shares
  • 943
    Shares
  • भैरहवा, १२ माघ । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले महायज्ञमा सहयोग गरेको छ । संघले तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित मानवसेवा आश्रम (शाखा कार्यालय) रुपन्देहीमा सञ्चालन भइरहेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा शुक्रबार रु. १५ हजार ५ रुपैयाँ सहयोग (दान) गरेको हो । 

    पवित्र उद्देश्यका साथ मानवसेवा आश्रममा सञ्चालन गरिएको महायज्ञमा केही सहयोग गरौं भन्ने भावनाका साथ महायज्ञमा रकम प्रदान गरिएको मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेयले बताए । उनका अनुसार संघले मानवसेवा आश्रममा सहयोग गर्दै आएको छ । ‘व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु पनि अगाडि बढाउँदै आएका छौं, उनले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेछौं ।’

    रकम हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष बाबुराम पाण्डेय, महासचिव यादव पोख्रेल, कोषाध्यक्ष सुन्दर भण्डारी, सचिवालय सदस्य प्रकाश पाण्डे लगायतको उपस्थिति रहेको थियो । रकम हस्तान्तरणपश्चात महायज्ञ मूल आयोजक समितिले मदिरा व्यवसायी संघ भैरहवालाई सम्मान–पत्र प्रदान गरेको थियो ।

    मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) रुपन्देही शाखाको मानवीय स्मारक (भवन) स्तरोन्नति एवं अक्षयकोष अभिवृद्धि गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको मूल आयोजक समिति संयोजक लोकनाथ भुसालले बताए । माघ ७ गते सुरु भएको महायज्ञ १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । महायज्ञमा मुख्य कथावाचक भागवत भाष्कर कमल नयन गौतमले कथावाचन गरिरहेका छन् ।