२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

म्यानमारमा भैरहेको दमन र नरसंहार रोक्न मानव अधिकार तथा शान्ति समाजको आग्रह 

सोमवार , चैत्र २, २०७७

  • 6.7K
    Shares
  • 6.7K
    Shares
  • बुटवल, २ चैत्र।

    म्यानमारमा लोकतन्त्रको माग गर्दै आन्दोलनमा उत्रेका जनतामाथि सैनिक शासकद्धारा भैरहेको दमन र नरसंहार रोक्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ। 

    गत माघ १९ गते भएको सैनिक ‘कु’ पछि बिरोधमा उत्रिएको जनसमुदायमाथि भैरहेको सैनिक दमन र नरसंहार तत्काल रोक्न माग गर्दै शान्ति समाजले बर्मामा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समुदायको दबाब जरुरी रहेको बताएको छ। 161749016_210315100888552_7439592404820931859_n.jpg

    म्यानमारमा सैनिक शासन चाहिंदैन मान्छे मार्न पाईँदैन भन्ने मुल नारा सहित आज बुटवलमा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको बिरोध प्रदर्शनमा सहभागिहरुले बर्मामा तत्काल शान्ति बहालीको माग गरेका छन्। 

    कार्यक्रममा सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले बर्मामा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समुदायको दबाब जरुरी रहेको बताएका छन्। 

    आजको समाजमा लोकतन्त्रको बिकल्प नहुने भन्दै सभापति खनालले आन्दोलन दवाउने नाउमा भैरहेको नागरिक हत्या र शसस्त्र दमन तत्काल बन्द गर्न माग गरेका छन्। सभापति खनालले म्यानमारका प्रधानमन्त्री आङ साङ सूची लगाएतका राजनैतिक बन्दीको तत्काल रिहाइको माग समेत गरेका छन्। 

    सो अबसरमा बोल्दै समाजका केन्द्रिय सदस्य बिष्णुप्रसाद भुसालले बर्माको दमनकारी नीति अन्त्य गरेर लोकतन्त्रको पुर्नबहालीको बिकल्प नभएको बताए । शान्ति समाजका शाखा सभापति डिपि खनालको सभापतित्वमा सम्पन्न सो बिरोध कार्यक्रम उपसभापति कृष्ण भट्टराइको स्वागत र सचिव कपिल ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो । 

    म्यानमारमा नागरिकमाथि सुरक्षा फौजले चलाएको गोली लागेर झण्डै १ सय जनाको मृत्यु भैसकेको छ। म्यानमारमा भइरहेको हत्या र दमनको विरोध एवं राजनीतिक बन्दीहरूको विना सर्त रिहाइ र लोकतन्त्र बहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजले आज देशैभर कार्यक्रम गरेको थियो। 

    म्यानमारमा भइरहेको सैनिक शासन र हत्याको बिरोधमा बुटवलको राजमार्ग चौराहामा बिहान १० बजेदेखि ११ बजेसम्म बिरोध प्रदर्शन गरिएको समाजका सभापति खनालले संचारकर्मीलाई बताए।