२०८३, आषाढ १४ गते

Jun 28 2026 | २०८३, आषाढ १४ गते

ज्ञवालीलाई ‘स्व.गणेशमान सैंजू स्मृति बुटवल जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार’

बुधवार , माघ ९, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • बुटवल, ९ माघ । पत्रकार कपिल ज्ञवाली उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । बुटवल जेसीजको ५१ औं पदस्थापन समारोहमा ज्ञवालीलाई ‘स्व.गणेशमान सैंजू स्मृति बुटवल जेसिज उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२४’ प्रदान गरिएको हो ।

    युवा र जेसीज अभियानमा केन्द्रित रहेर पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्य, बुटवल जेसीजका अध्यक्ष बिनोद घिमिरे, छनोट समितिका संयोजक नारायण घिमिरेलगायतले दोसल्ला, सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

    करिब २ दशकदेखि पत्रकारितामा क्रियाशील ज्ञवाली गोरखापत्र संस्थानमा रुपन्देहीको सिद्धार्थनगर समाचारदाता तथा बुद्ध सामुदायिक टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत (सिइयो) समेत हुन् । उनी नागरिक अनलाइन डटकमका सम्पादक समेत हुन् ।

    त्यस्तै उत्कृष्ट युवा सम्मानबाट समृद्वि सलुन एण्ड ऐकेडेमी बुटवलका सञ्चालक देवदह नगरपालिका–७ निवासी मोहन ठाकुर सम्मानित भएका छन् । पदस्थापन समारोहमा बुटवल जेसीजका अध्यक्ष बिनोद घिमिरेले नवनिर्वाचित अध्यक्ष मोहन न्यौपानेलाई पदस्थापन गराएका थिए ।

    पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले युवाहरुको भरोसालाई जेसीजले कायम राख्नुपर्ने बताए । उनले समाज बदल्न युवा शक्तिको भुमिका हुने उल्लेख गरे । 

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले देशमै युवाहरुको भविष्य सुचिश्चि हुने गरी कार्यक्रम ल्याउन सुझाव दिए । मेयर पाण्डेयले बुटवल जेसीजले नेपाल जेसीजलाई नै नेतृत्व गर्ने क्षमता राख्ने बताउँदै क्षमता प्रदर्शनका लागि नेतृत्वलाई आग्रह गरे । 

    बुटवल जेसीजका मानार्थ सदस्य बुटवल निवासी समाजसेवी गणेशमान सैजुको निधनपछि उनको स्मृतिमा छोरा अनुपमान सैंजुले बुटवल जेसीजमा उत्कृष्ट पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेका थिए ।