२०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

आइतवार , माघ ६, २०८१

  • 649
    Shares
  • 649
    Shares
  • भैरहवा, ६ माघ ।  लुम्बिनी प्रदेश सभाको बैठक आइतबार (आज) बस्दैछ । आज दिउँसो दिनको १ बजे बस्ने पाँचौ अधिवेशनको तेस्रो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी प्राप्त जानकारी सभामुख तुलाराम घर्तीले पढेर सुनाउने कार्यसूची छ । त्यस्तै सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । 

    प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने र सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको मन्त्री कार्कीले जवाफ दिनेछन् ।