२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाईफ भैरहवा शाखाको अध्यक्षमा पौडेल

मंगलवार , माघ १, २०८१

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • भैरहवा, १ माघ । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाको चौथो अधिवेशन तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार भैरहवामा भएको अधिवेशन तथा साधारण सभाले मोती प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    Moti.jpeg
    मोती प्रसाद पौडेल

    शाखाको उपाध्यक्षमा चन्द्रकला थापा, सचिवमा देवकी थापा, सह–सचिवमा अख्तर अलि खान र कोषाध्यक्षमा बाबुराम शर्मा रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा शिव चन्द्र बरई, खुर्शीद आलम, पवन कुमार चाई, सुनिता कुमारी वर्मा, सुशीला यादव, दुनियापति त्रिपाठी, मनिष कुमार तिवारी र कल्पना थापा रहेका छन् । त्यसै गरी वरिष्ठ सल्लाहकारमा गजेन्द्र कोहार, विशेष सल्लाहकारमा लालसा यादव र राजेश यादव रहेका छन् ।

    साधारण तथा अधिवेशनको प्रमुख अतिथि तथा पेशागत बीमा अभिकर्ता संघ अन्तर्गत ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष  देवी प्रसाद जैसीले उद्घाटन गरेका थिए । 

    पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाका अध्यक्ष गजेन्द्र कोहारको अध्यक्षता, केन्द्रीय उपाध्यक्ष रेशम सिंह ठकुरीको विशिष्ट आतिथ्यता, सह–सचिव यदुनन्द भण्डारीको विशेष आतिथ्यता, बुटवल शाखा अध्यक्ष नारायण भक्त पाण्डेको आतिथ्यता, भैरहवा शाखा कोषाध्यक्ष चन्द्रकला थापाको स्वागत तथा लुम्बिनी प्रदेश सचिव शालिकराम शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2025-01-14 at 9.22.28 AM.jpeg