२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लायन्स लुम्बिनी क्रियटिभ लेडीद्वारा खेलकुद सामग्री वितरण

सोमवार , पौष २९, २०८१

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २९ पुस । लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीले खेलकुद सामग्री वितरण गरेको हो । क्लबले भैरहवास्थित बाल सुधार गृहमा खेलकुद सामग्री वितरण गरेको अध्यक्ष आयुसा पाण्डेले बताइन् ।
    लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्मोत्सवको अवसरमा आइतबार बाल सुधार गृहमा खेलकुद सामग्री वितरण गरिएको उनले बताइन् । अध्यक्ष पाण्डेका अनुसार वितरण गरिएको सामग्रीमा क्यारम बोर्ड २ थान, चेस, लुडो र रुबिक क्युब ५/५ थान रहेका छन् ।

    आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने कार्यक्रम संयोजक तथा क्लबको कोष अभिवृद्धि संयोजक रीता थापाले बताइन् ।

    कार्यक्रममा प्रमुख अतिथि लायन्स ग्याट कोर्डिनेट ओम कुमार श्रेष्ठले बाल सुधार गृहमा खेलकुद सामग्री वितरण गर्नु सराहनीय कार्य भएको बताए ।

    कार्यक्रममा लायन्स डिष्ट्रिक एडभाइजर तथा लायन्स लुम्बिनी क्रियटिभ लेडीका संस्थापक अध्यक्ष रचना क्षेत्री, रिजन चेयरपर्सन राकेश गुरुङ, लायन्सका अगुवा संगम न्यौपाने, मीना पन्थी लगायतको आतिथ्यता रहेको थियो । लायन्स लुम्बिनी क्रियटिभ लेडीका सचिव पुष्पा रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2025-01-12 at 11.16.23 AM.jpeg