२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लुम्बिनी विशिष्टिकृत सहकारी संघको अध्यक्षमा ज्ञानु पौड्याल

आइतवार , पौष २८, २०८१

  • 910
    Shares
  • 910
    Shares
  • भैरहवा, २८ पुस । लुम्बिनी विशिष्टिकृत सहकारी संघ लिमिटेड तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनी रुपन्देहीको पाँचौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । १ सय ४३ वटा सहकारीको संयुक्त लगानी रहेको सो सहकारीले दुध र दुधबाट उत्पादित सबै खाद्य सामग्री उत्पादन गर्दै आएको छ । साधारण सभामा सञ्चालक समितिकातर्फबाट अध्यक्षता गरेकी कार्यबाहक अध्यक्ष ज्ञानु पौड्यालले वार्षिक तथा संघको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साधारण सभामा पेश गरिएको प्रतिवेदन पारित गरिएको छ ।  

    साधारण सभाको प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गरेका थिए । कार्यक्रममा सांसद् घिमिरेले सहकारी संस्थाहरुले गरीबी निवारणका साथै गाउँगाउँमा उत्पादनसँग जोडिएर काम गर्नुपर्ने बताए । उनले सहकारीमा लगानी गर्ने अभियान सञ्चालन गरेर संघलाई उच्च गुणस्तरको सामग्री उत्पादनमा अगाडी बढाउनुपर्ने उल्लेख गरे । सांसद घिमिरेले समग्र कृषि र पशुपालन क्षेत्रको विकासका लागि यो सहकारीले ठुलो योगदान दिने समेत बताए । 

    संघको पाँचौ वार्षिक साधारण सभामा विशिष्ट अतिथि डा.खगराज शर्मा, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरी, वडाअध्यक्ष तिलोत्तमा–६ का गणेश पाठक, संघका भीम तुलाचन लगायतले बोल्दै सहकारी संघले लगानी बढाउँदै यस क्षेत्रका जनताको जीवनस्तर उकास्दै गुणस्तर सेवा पस्किन आग्रह गरेका थिए ।

    लुस्कुनको अध्यक्षमा ज्ञानु पौड्याल निर्वाचित 

    लुम्बिनी विशिष्टिकृत सहकारी संघ लिमिटेड (लुस्कुन) तिलोत्तमा–६ पश्चिम पहुनी रुपन्देहीको पाँचौ वार्षिक साधारण सभाले ज्ञानु पौड्यालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष डा.खगराज शर्माले राजीनामा दिएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी पौड्याल संघको अध्यक्षमा निर्वाचित भएकी हुन् ।

    IMG_0170.JPG

    संघको उपाध्यक्षमा डिबी थापा, सचिवमा मिन प्रसाद पोख्रेल र कोषाध्यक्षमा खेम प्रसाद गौतम रहेका छन् । त्यस्तै सदस्यहरुमा राधा पोख्रेल थापा, झुपा पाण्डे, झपेन्द्र राज अर्याल, उमा राना, अर्जुनराज उपाध्याय, अर्जुन रानाभाट, कृष्ण प्रसाद पाण्डे, टिकाराम चापागाईं, देवी प्रसाद पाण्डे, पुर्ण प्रसाद तिमिल्सिना र धनकुमारी बराल रहेका छन् ।

    त्यस्तै लेखा सुपरीक्षण समितिको संयोजकमा कृष्ण प्रसाद अर्याल, सदस्यहरुमा रामकृष्ण शर्मा र तुल्सा थापा क्षेत्री निर्वाचित भएको निर्वाचन उपसमिति सदस्यहरु सुखदेव न्यौपाने र प्रकाश भट्टराईले जानकारी दिए ।