
शुक्रवार , पौष २६, २०८१
बुटवल, २६ पुस । रुपन्देही जिल्लाको भूमि समस्या समाधान आयोगको अध्यक्ष कुमार थापामगर नियुक्त भएका छन् । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य रहेका थापालाई नेपाल सरकार मन्त्रिपरिषदको बैठकले भूमि समस्या समाधान आयोग रुपन्देहीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
विगतमा राष्ट्रिय खेलकुद परिषद, श्रम तथा यातायात मन्त्रालय उच्चस्तरीय आयोग सदस्य, साथै पूर्व सुकुम्बासी समस्या समाधान आयोग केन्द्रीय सदस्य तथा महाप्रबन्धक, लोत्से नयाँ बसपार्क काठमाडांैको महत्वपूर्ण जिम्मेवारी सम्हालेका थापाले भूमिहीनको समस्या समाधान गर्ने गरी नयाँ जिम्मेवारी पाएका हुन् ।
अध्यक्ष नियुक्त भएपछि प्रतिक्रिया दिदै थापाले सुकुम्बासी, भूमिहीन, अव्यवस्थित बसोबासीको समस्या समाधानमा केन्द्रित भएर लाग्ने बताए । ‘यहाँको भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्याबारे म जानकार छु, आफ्नो क्षमताले भ्याएसम्म समस्या समाधानमा केन्द्रित भएर लाग्नेछु’–उनले भने । थापा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य समेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij