शुक्रवार , पौष २६, २०८१
पाल्पा, २६ पुस । मदिरा व्यवसायी संघ भैरहवा रुपन्देहीको वार्षिक कार्यशाला गोष्ठी शुक्रबार पाल्पाको तिनाउ गाउँपालिकास्थित नुवाकोटमा सुरु भएको छ । शनिबारसम्म हुने दुईदिने कार्यशाला गोष्ठीले संस्थाको वार्षिक कार्ययोजना तय गर्ने संघका अध्यक्ष बाबुराम पाण्डेयले बताए । शुक्रबार (पहिलो दिन) गोष्ठीमा गत वर्षको कार्ययोजनाले तय गरेका कार्यक्रमहरुको समीक्षा तथा संस्थाको गतिविधिबारे छलफल गरिएको महासचिव यादव पोख्रेलले जानकारी दिए ।
गोष्ठीमा कोषाध्यक्ष सुन्दर भण्डारीले आगामी वर्षको अनुमानित आय–व्यय प्रस्तुत गरेका थिए । गोष्ठीमा २६ वटा कार्ययोजना (कार्यक्रम) मा छलफल गरिने संघका सचिव तेज बहादुर खत्रीले बताए ।
कार्यशाला गोष्ठीमा संघका अध्यक्ष बाबुराम पाण्डेय, संस्थापक अध्यक्ष केशवराज ज्ञवाली, वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डे, महासचिव यादव पोख्रेल, सचिव तेजबहादुर खत्री, कोषाध्यक्ष सुन्दर भण्डारी, सह–कोषाध्यक्ष विनोद आचार्य, सल्लाहकार खिम बहादुर खत्री, सल्लाहकार ठाकुर कुमार श्रेष्ठ, संस्थाका पदाधिकारी, कार्यसमिति सदस्यहरु लगायतको उपस्थिति रहेको छ ।
संघको वार्षिक साधारण सभापछि वार्षिक कार्यशाला गोष्ठी हुने गरेको छ । मदिरा व्यवसायी संघ भैरहवामा १ सय ५० जना व्यवसायीहरु आबद्ध छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij