२०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

रास्वपा सभापति लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

बिहिवार , पौष २५, २०८१

  • 976
    Shares
  • 976
    Shares
  • भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत कास्कीले सहकारी ठगी आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो । 

    जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

    सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न प्रहरीले रास्वपा सभापति लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंमा रहेको रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगेको थियो।

    पोखराको सुर्यदर्शन सहकारीको बचत रकम गैरकानुनी हिसाबले गोर्खा मिडियामा आएको भन्दै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो।

    प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय कास्कीले पुस ७ गते जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर गर्दा सरकारी वकिलले रवि लामिछानेसँग सहकारी ठगी गरेको कसुरमा मात्रै ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो।