२०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

बम विस्फोट भएको ठाउँमा गोइत समूहको पर्चा भेटियो

आइतवार , चैत्र १, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काठमाडौँ 

    सिरहाको लहानस्थित मालपोत कार्यलयमा बम विस्फोट भएको ठाउँमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत सामूहकोे पर्चा फेला परेको छ।  प्रहरीको अनुसार गोइत समूहको पर्चा च्यातीएको अवस्थामा फेला परेको छ।

    बिस्फोट भएको स्थानमा गोइत समूहको  पर्चा  भेटिएकाले उक्त समूहले नै बम विस्फोट गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। 

    बम विस्फोटमा सात जना घाइते भएका छन् जसमध्ये मालपोत कार्यलयका नायब सुब्बा शिवकुमार यादव र सेवाग्राही दिनेशकुमार भण्डारीको अवस्था गम्भीर छ।