२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

मानवलाई सडकमा आउन नपर्ने गरी भूमिका बढाउन जरुरी छ : मुख्यमन्त्री आचार्य

बिहिवार , पौष १८, २०८१

  • 745
    Shares
  • 745
    Shares
  • देउखुरी, १८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निलसागर सेवा आश्रमको न निर्मित भवनको उद्घाटन गरेका छन । उनले दाङको राप्ती गाउँपालिका–८ मिलनडाँडामा सहयोगापेक्षीहरुको लागि नवनिर्मित भवनको बिहीवार उद्घाटन गरेका हुन । 

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मानवलाई सडकमा आउन नपर्ने गरी घरपरिवार, समाज र राज्यले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए । उनले अमानवीय व्यवहारका कारण मानिसलाई घरबाट सडकमा पु¥याएको उल्लेख गर्दै उनले  यसखाले समस्या समाधान गर्न चेतना अभिवृद्धिको अभियानलाई व्यापक बनाउन प्रदेश सरकारले साझेदारी गर्ने बताए ।

    ‘अमानवीय वर व्यवहारले मानिसलाई सडकमा पु¥याएको छ । यसखाले समस्या समाधानका लागि मानिसमा चेतना बढाउन जरुरी छ’उनले भने,‘आफ्नै सन्तानलाई सडकमा छाडेका घटना पनि छन् । मानिसले यस्तो कसरी गर्न सक्छ ? कारण खोजेर चेतना अभिवृद्धिको लागि ध्यान दिन जरुरी छ ।’ 

    संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको र त्यसको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको मुख्यमन्त्री आचार्यले बताए । ‘संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको छ । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी तीन तहकै सरकारको हो । हामीले त्यो जिम्मेवारी निर्वाह गर्छौं’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेशलाई सडक मानवमुक्त बनाउने अभियानलाई निर्णायक बनाउन सबैको साथ सहयोगको खाँचो छ ।’

    सरकार सबैको हो भन्ने महसुस गराउने गरी काम भइरहेको, मानव कल्याणको लागि निलसागर आश्रमले गरेको कामको उदाहरणीय भएको चर्चा गर्दै उनले आश्रममा स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि प्रदेश सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । 

    WhatsApp Image 2025-01-02 at 3.03.45 PM.jpeg

    आश्रमको नाममा बाँकेमा जग्गा प्राप्ती भएको खण्डमा भवन निर्माणको लागि प्रदेश सरकारले साझेदारी गर्ने समेत उनले विश्वास दिलाए । घरपरिवारमा मनाउने उत्सवहरु समेत आश्रममा पुगेर मनाउन मुख्यमन्त्री आचार्यले आह्वान समेत गरे । राप्ती गाउँपालिकाले भवन उद्घाटन कार्यक्रम आयोजना गरेको थियो । 

    गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने जिम्मेवारी तीन तहकै सरकारको भएको बताए । उनले कानूनी जटिलता फुकाउँदै मानव कल्याणका कामहरुलाई अघि बढाउन जरुरी रहेकोमा जोड दिए । 
    सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले संविधानले सुनिश्चित गरेका अधिकारलाई जनताले महसुस गर्ने गरी कार्यान्वयन प्रदेश सरकारले गरिरहेको बताए । 

    प्रदेश सभा सदस्य इन्द्रजीत थारुले सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी राज्यको भएको बताए ।

    निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता खनालले मानव सेवाका लागि राज्य तहबाट सहयोग र सहकार्य हुँदा अभियानले थप व्यापकता पाउने बताइन् ।