२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ को १७ औं राष्ट्रिय सम्मेलन रुपन्देहीमा

बिहिवार , पौष १८, २०८१

  • 682
    Shares
  • 682
    Shares
  • बुटवल, १८ पुस ।  रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानको १७ औं राष्ट्रिय सम्मेलन रुपन्देहीको बुटवलमा हुने भएको छ । यही पुस १९ र २० गते हुने सम्मेलनको तयारी पूरा भएको छ । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानको वर्ष २०२४/२५ का लागि राष्ट्रिय अध्यक्ष तथा डि.आर.आर  रोट्याक्टर विक्रम क्षेत्रीले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

    बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रोट्रयाक्ट क्लब अफ बुटवल साउथको आतिथ्यतामा हुने सम्मेलनमा देशभरबाट एक हजार बढी रोट्रयाक्टर, शुभेच्छुक तथा अभियन्ताहरुको सहभागीता रहने बुधबार सम्मेलनको तयारीबारे गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।  

    सम्मेलनमा तीनवटा प्यानल डिष्कसनको कार्यक्रम समेत राखिएको डिष्ट्रिक  मिडिया संयोजक आविस्कार खनालले जानकारी दिए । उनका अनुसार सम्मेलनको उद्घाटन प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गर्नुहुने र कार्यक्रममा प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर शाही (ज्ञानेन्द्र), ठाकुर गैरेलगायतका राजनीतिज्ञहरुको सहभागीता हुनेछ । त्यस्तै आधात्मिक शेसन र विजनेश शेसन गरी अन्य थप २ वटा शेसन समेत आयोजना गरिने रोट्रयाक्ट डिष्ट्रिक्ट सह–सचिव अनुप पाण्डेले बताए ।

    सम्मेलनमा सहभागीहरुका लागि बुटवल लगायत विभिन्न स्थानको भ्रमणसहितको कार्यक्रम समेत तय गरिएको र सम्मेलनले बुटवलको चहलपहल पनि बढ्ने सम्मेलनका चेयर तथा रोट्रयाक्ट क्लब अफ बुटवल साउथका पूर्वअध्यक्ष रितेश ज्ञवालीले जानकारी दिए ।

    सहभागीहरुबाट दर्ता शुल्कवापत संकलन गरिएको रकमसँगै केही स्थानीय तह र उद्योगी–व्यवसायीक संघ–सस्थाको सहयोगमा सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।
    रोट्रयाक्ट क्लब अफ बुटवल साउथको आतिथ्यतामा हुन लागेको सम्मेलनको तयारी पुूरा भइसकेको साउथका अध्यक्ष सुदिप पौडेलले बताए । कार्यक्रम सम्पन्न गर्नका लागि देशैभरीका २० वटा रोट्रयाक्ट क्लबहरुले सहआतिथ्यताको भुमिकामा निर्वाह गरेका छन् । 

    पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रूपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गरे । पत्रकार सम्मेलनमा रोट्रयाक्ट डिष्ट्रिक्टका सेक्रेटरी सुबिन खड्का, रोट्रयाक्ट क्लब अफ बुटवल साउथका पूर्वअध्यक्ष यादव भट्टराई, ध्रुव केसी, भूपेन पाण्डे, डीआरसी मेम्बर रेशम खड्का लगायत आरडिसी मेम्बर तथा विभिन्न क्लबका पदाधिकारीहरूको सहभागीता रहेको थियो ।