२०८३, आषाढ १४ गते

Jun 28 2026 | २०८३, आषाढ १४ गते

मगर संघ रुपन्देहीको अध्यक्षमा थर्क

मंगलवार , पौष १६, २०८१

  • 874
    Shares
  • 874
    Shares
  • बुटवल, १६ पुस । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको पुस १४ गतेदेखि सुरु भएको २३ औं जिल्ला अधिवेशन २५ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले थर्क बहादुर बारघरे मगरलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । यसअघि जिल्ला समितिमा सदस्य, सचिव र उपाध्यक्ष रहेर जिम्मेवारी निर्वाह गरेका बारघरे अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । 

    471446030_1967799920298024_3624494992614272365_n.jpg
    थर्क बहादुर बारघरे मगर

    त्यसै गरी निर्वाचनमार्फत उपाध्यक्षमा टेक बहादुर रेस्मीमगर निर्वाचित भएका छन् । उपाध्यक्ष र सचिवमा आकांक्षीहरु धेरै भएपछि निर्वाचनमार्फत नेतृत्व चयन भएको निर्वाचन समिति संयोजक गीता सारु मगरले जानकारी दिइन् । 

    निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रेस्मीले कुल खसेको ५९ मतमा ४६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उपाध्यक्षका अर्का दावेदार इन्दु थापामगरले १२ मत प्राप्त गरेका थिए भने एक मत बदर भएको थियो । 

    त्यसै गरी सचिवमा राधिका श्रीस मगर निर्वाचित भएकी छन् । तीन जना उम्मेद्वार रहेको सचिव पदमा श्रीसले ३६ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । सचिवका अर्का उम्मेदवार मान बहादुर बुढाथोकी मगरले १८ र तेज बहादुर रानामगरले ३ मत प्राप्त गरेका छन् ।

    सह–सचिवमा भेक बहादुर सारुमगर र कोषाध्यक्षमा रुद्रवीर चिडिमगर निर्वाचित भएका छन् । सदस्यहरुमा श्याम बहादुर रानामगर, विनिता थापामगर, खीमा श्रीसमगर, भोम बहादुर बुढामगर, छवी रानामगर, चन्दा थापामगर, शोभाकुमारी थापामगर, विना पुनमगर, नेक बहादुर थापामगर, टेक बहादुर पुलामीमगर, लील बहादुर दर्लामीमगर, मीन बहादुर पल्लीमगर, झविलाल थापामगर र मिठ्ठुमाया थापामगर निर्वाचित भएका छन् ।

    बाँकी रहेका अन्य सदस्यहरु पछि समितिले मनोनित गर्ने गरि अधिवेशन सम्पन्न भएको निर्वाचन अधिकृत अधिवक्ता बालकिशोर रानाले जानकारी दिए । नवनिर्वाचित समितिलाई नेपाल मगर संघका कन्द्रीय सह–अध्यक्ष गंगा थापामगरले बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।