सोमवार , पौष १५, २०८१
देउखुरी, १५ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मौलिक परम्परा, संस्कृति र पहिचानको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक, सामाजिक रूपमा समृद्ध प्रदेश निर्माण गर्न सकिने बताएका हुन् ।
‘लुम्बिनी प्रदेश भूगोलमा जस्तै मौलिक कला, संस्कृति, परम्पराहरुमा समेत विविधतायुक्त छ । यही बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो समाजमा मनाइने तमु ल्होसार जस्ता मौलिक पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट आपसी एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु’शुभकामना सन्देशमा भनिएको छ,‘तमु ल्होसार पर्वले सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न, प्रदेश सरकारले अघि सारेको ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर’ प्रदेश बनाउने लक्ष्य पूरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’
विभिन्न कार्यक्रम गरेर गुरुङ समुदायले तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij