२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

नेपाल बैंकर्स एशोसियशन लुम्बिनी प्रदेश समिति गठन, संयोजकमा कंडेल

शनिवार , पौष ६, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ६ पुस । नेपाल बैंकर्स एशोसियशन लुम्बिनी प्रदेश समिति गठन भएको छ । लुम्बिनी प्रदेशमा रहेका वाणिज्य बैंकहरुमा आबद्ध प्रदेश प्रमुखहरुको भेलाले नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख अर्जुन कंडेलको संयोजकत्वमा समिति गठन गरेको हो । नवगठित समितिमा एक संयोजक, दुई सह–संयोजक र १७ जना सदस्य रहने गरी समिति बनाइएको छ ।
    समितिको सह–संयोजकमा प्राईम कमर्सियल बैंक लिमिटेडका प्रदेश प्रमुख कुश सुदन सिंह र नबिल बैंकका प्रदेश प्रमुख अमित केसी चयन भएका छन् ।

    वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व तथा सेवामूलक कार्यहरु गर्ने उद्देश्यले गठन भएको बैंकर्स एशोसियशन लुम्बिनी प्रदेश समितिले वित्तीय क्षेत्रमा काम गर्ने सेवारत कर्मचारीहरुको क्षमता विकासका कार्यक्रम गर्ने सह–संयोजक कुश सुदन सिंहले बताए । उनका अनुसार समितिमा प्रदेशका २० वटा वाणिज्य बैंकहरुका प्रदेश प्रमुखहरु सदस्य छन् । 

    समितिले वित्तीय अनुशासन, वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्व लगायतका विषयलाई विशेष जोड दिने प्रदेश संयोजक अर्जुन कंडेलले बताए । उनले वित्तीय क्षेत्रमा काम गर्नेहरुको क्षमता, दक्षता विकाससँगै अवसर र चुनौतीका विषयमा कार्यक्रम गर्ने जानकारी दिए ।