२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लुम्बिनी महोत्सव : हस्तकलातर्फ ए फोर ट्रेनिङ्ग सेन्टर प्रथम

मंगलवार , पौष २, २०८१

  • 907
    Shares
  • 907
    Shares
  • भैरहवा, २ पुस । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवामा भएको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा सहभागी स्टलमा हस्तकलातर्फ ए फोर ट्रेनिङ्ग सेन्टर प्रा.लि. भैरहवा प्रथम भएको छ । मंसिर २० देखि पुस १ गतेसम्म भैरहवास्थित अञ्चलपुरमा सञ्चालित महोत्सवमा ए फोर टेनिङ सेन्टर प्रा.लि. हस्तकलातर्फ प्रथम भएको संघका निवर्तमान अध्यक्ष एवं महोत्सवका अनुगमन/मूल्यांकन समिति संयोजक भीष्म प्रसाद न्यौपानेले बताए ।

    आइतबार महोत्सवको समापन कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष भीष्म प्रसाद न्यौपाने, महासचिव कृष्ण प्रसाद घिमिरे लगायतले प्रा.लि.की प्रबन्ध निर्देशक हेमा बेल्बासे के.सी.लाई प्रमाणपत्र प्रदान गरेका हुन् । 

    प्रमाणपत्र ग्रहण गरेपछि लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेकी के.सी.ले विगत १० वर्षदेखि सिद्धार्थनगर-८ स्थित बुद्धचोकमा सञ्चालित ए.फोर. ट्रेनिङ्ग सेन्टर प्रा.लि. (स्टल) प्रायजसो हरेक वर्ष यहाँ हुने महोत्सवमा उत्कृष्ट हुन सफल हुँदै आएको बताइन् । उनले भनिन्, ‘ए फोर ट्रेनिङ्ग सेन्टर प्रा.लि.लाई लाई मूल्यांकन गरी पुरस्कृत गर्ने महोत्सवको आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही परिवारप्रति आभार व्यक्त गर्दछु ।’

    WhatsApp Image 2024-12-16 at 5.16.39 PM.jpeg
    WhatsApp Image 2024-12-16 at 5.16.39 PM (1).jpeg