२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

पूर्वसभामुखको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली अर्पण

सोमवार , मंसिर ३, २०८१

  • 532
    Shares
  • 532
    Shares
  • दाङ, ३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन् ।

    वि.सं. २०४६ मा प्रजातन्त्र पुनः स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी भएको, नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उनले पुर्याउनुभएको योगदानको मुख्यमन्त्री आचार्यले स्मरण गरेका छन् ।

    पूर्वसभामुख ढुंगानाको उपचारको क्रममा मंसिर २ गते आइतबार निधन भएको थियो ।