मंगलवार , फाल्गुण २५, २०७७
बुटवल, २५ फागुन।
नेपालकै सबैभन्दा ठुलो यातायात ब्यबसायी संस्था पश्चिम नेपाल बस ब्यबसायी प्रा.लिको आगामी अधिबेशनका लागि चहलपहल शुरु भएको छ। यहि फागुन २८ र २९ गते सम्पन्न हुने अधिबेशनबाट आगामी कार्यकालका लागि निर्वाचित हुने नयाँ कार्यसमितिका लागि दुई समुहले प्यानलै घोषणा गरि चुनावी मैदानमा उत्रेका छन्।
निर्वाचनको मिति नजिकिएसँगै बर्तमान अध्यक्ष दधिराम खरेलको नेतृत्वमा ११ जनाको बामपन्थी प्यानल घोषणा गरिएको छ भने निवर्तमान महासचिव पदमराज गाहा मगरको नेतृत्वमा ११ जनाको प्रजातान्त्रिक प्यानल घोषणा गरिएको छ।
अध्यक्ष खरेलको प्यानलमा नारायण घिमिरे, गोपाल पौडेल, जिवन बन्जाडे, रामचन्द्र भुसाल, चेतनारायण बेलबासे (गोली), मोहन पिएस, जितेन्द्र खत्री, कृष्णप्रसाद सापकोटा, ऋषिराम डुमे्र र कुष्माखर रेग्मी संचालक पदका लागि मैदानमा छन्।
उता निवर्तमान महासचिव तथा बर्तमान प्रबन्ध संचालक पदमराज गाहाको नेतृत्वमा कृष्णप्रसाद बेलबासे, नारायणप्रसाद भण्डारी, सुरेन्द्र श्रेष्ठ, कृष्णप्रसाद पाण्डे, शोभाखर भण्डारी, रुक्मागत पाण्डे, लालबहादुर शाह गुप्ता, प्रेम गौचन र दिपेन्द्रमान श्रेष्ठको प्रजातान्त्रिक प्यानल पनि मैदानमा उत्रेको छ।
कुल २३ सय ८४ जना शेयर सदस्य रहेको पश्चिम नेपाल बस समितिको आसन्न निर्वाचनमा आफ्नो उम्मेदबारी प्रस्तुत गरेका दुबै पक्षका नेता ब्यबसायीहरुले आफुले जितेमा सम्पुर्ण यातायात ब्यबसायीहरुको हकहित संरक्षण र संस्थागत बिकासका लागि महत्वपुर्ण भुमिका खेल्ने दावी गरेका छन्।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij