२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

मर्चवारका युवाहरुद्वारा मन्दिर परिसरमा सरसफाई र विभिन्न सामग्री हस्तान्तरण

बिहिवार , कार्तिक २२, २०८१

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, २१ कार्तिक । रुपन्देहीको मर्चवार क्षेत्रका युवाहरुद्वारा मर्चवारी देवी मन्दिर परिसरमा सरसफाई गरी विभिन्न सामान हस्तान्तरण गरेका छन् । कोटहीमाई गाउँपालिका–६ स्थित नकहियाका युवा शिवदास गुप्ताको नेतृत्वमा विभिन्न युवाहरुबाट आर्थिक सहयोग संकलन गरी बुधवार उक्त सामान हस्तान्तरण गरेका हुन् ।

    कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी समेत रहेका गुप्ताले साामाजिक भावले आएको रकम सामाजिक कार्यमा नै लगाएको बताए । उनले भने ‘मर्चवारीदेवी मन्दिर परिसरमा रहेको हनुमानको मूर्ति रंगरोगनको लागि सामाजिक सञ्जालमार्फत आर्थिक संकलनको लागि आहवान गरेको थिए । रकम धेरै जुट्न सकेन र मूर्ति रंगरोगन अर्कै निकायबाट हुने भएपछि यसलाई सोही मन्दिरमा लगानी गर्ने उद्देश्यले मर्चवारको विभिन्न युवाहरुको उपस्थितिमा सरसफाई गरी २० वटा डस्टबीन (फोहोर फाल्ने भाँडो), फोहोर संकलन गर्न ४० थान बोरा र १० थान कुचो मन्दिरलाई हस्तान्तरण गरेका हौं ।’

    जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादवले मर्चवारी देवी मन्दिरको फोहोर व्यवस्थापनप्रति मन्दिर व्यवस्थापन समिति सक्रिय हुनुपर्ने बताए । सामाजिक कार्यमा युवाहरुलाई हातेमालो गर्न आग्रह गर्दै अध्यक्ष यादवले सम्पूर्ण छठ पर्वको शुभकामना समेत व्यक्त गरेका थिए ।

    कार्यक्रममा उपस्थित रामजीवन यादवले मन्दिर जस्तो पवित्र स्थललाई सफा राख्न हरेक नागरिकको कर्तव्य रहेको बताए । मर्चवारीदेवी मन्दिर मर्चवारकै धरोहर रहेको बताउँदै यसको विकास र व्यवस्थापनको लागि हरेक मर्चवारबासीसहित हरेक सनातनी अघि बढ्नुपर्ने बताए ।

    सम्मरीमाई गाउँपालिका–६ असुरैनाका युवा शिवसरण लोध (कृष्णलाल) ले मन्दिरसँगै हरेक टोल, बस्ती तथा चोक पनि सफा राख्नुपर्ने बताए । उनले फोहोरमैलाको उचित व्यवस्थापन र सार्वजनिक स्थलको नियमित सरसफाई गर्नुपर्नेमा जोड दिए ।

    WhatsApp Image 2024-11-07 at 9.47.10 AM (2).jpeg
    WhatsApp Image 2024-11-07 at 9.47.10 AM.jpeg