२०८३, श्रावण ३० गते

Aug 15 2026 | २०८३, श्रावण ३० गते

जलवायु अनुकूलन र दिगोपनालाई विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ : प्रधानमन्त्री ओली

बिहिवार , कार्तिक ८, २०८१

  • 769
    Shares
  • 769
    Shares
  • काठमाडौं, ८ कार्तिक । प्रधानमन्त्री केपी ओलीले जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्ने बताएका छन । 

    संयुक्त राष्ट्रसंघ स्थापना दिवस (यूएन–डे)का अवसरमा बिहीबार नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्कत्री ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको बताएका छन ।

    उनले विश्वभरको अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसंघका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षण प्रवद्र्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्ने स्पष्ट पारे ।

    उनले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा, सधैं शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत गराए । दुई ठूला छिमेकीहरूको बीचमा रहेको नेपालले सबैसँग मित्रता र कसैसँग शत्रुता को नीति कायम नराख्ने स्थितिमा रहेको पनि उनले बताए । 

    त्यस्तै सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले शान्ति शान्तिकार्यमा खटिएका नेपाली सैनिकले चुनौतीलाई स्वीकार गर्दै जस्तोसुकै जिम्मेवारी लिदै आएको र भविष्यमा पनि आफ्नो जिम्मेवारी प्रभावकारी निभाउने धारणा राखे ।

     

    समारोहमा नेपाली सेनाको हेलिकप्टरद्वारा युएन डे लेखिएको व्यानर प्रदर्शन गरिएको थियो भने मार्चपासका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो । नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो। नेपाल त्यस बेलादेखि नै संयुक्त राष्ट्रसंघका अधिकांश शान्ति अभियानमा सक्रिय सहभागी हुँदै आएको छ। राष्ट्रसंघको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता ६ दशक भन्दा बढि समयदेखि हुँदै आएको छ ।