२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

ग्रीन हिल साहित्य समाज गठन

शनिवार , कार्तिक ३, २०८१

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाण्डौं । नियात्राकार पोषरमण चापागाईको अध्यक्षतामा ग्रीन हिल साहित्य समाजको गठन गरिएको छ ।

    जसको उपाधक्ष्यमा बरिष्ठ साहित्यकार अमर शाह, सचिबमा मनोज लामिछाने, कोषाध्यक्षमा निर्मला भट्टराई, सह सचिबमा नैरित्य रिमाल चयन भएका छन् । 

    त्यसैगरी सदस्यहरुमा गंगा प्रसाद उप्रेती, डा. रेवत बहादुर कार्की, महेशराज थापा, हरिबाबु भट्टराई, रोज मोक्तान, राजेन्द्र दुलाल, ईश्वोरी प्रसाद पौडेल, अम्बिका कार्की, मोहन कृष्ण उप्रेती, बद्रि अधिकारि र रत्ना खड्का चयन भएका छन् । 

    साहित्य क्षेत्रको बिकास र उत्थानका लागि साहित्य समाज गठन गरिएको समाजका सचिव मनोज लामिछानेले जानकारी दिए । 

    उक्त समितिले २०८१ साल कार्तिक १५ गते बिहान ८ बजे ग्रीन हिल सिटिमा अबस्थित आनन्द बाटिकाको प्रांगणमा महाकवी देवकोटाको जन्मजयन्ति मनाउने निणर्य समेत गरेको छ ।