२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

दशैं विदामा लुम्बिनीका मुख्यमन्त्री आचार्यले सरकारी गाडीको प्रयोग नगर्ने

बिहिवार , आश्विन २४, २०८१

अर्घाखाँची, २४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैं विदा अवधिभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् । गृह जिल्ला अर्घाखाँची पुगेका मुख्यमन्त्री आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका हुन् ।

निजी सवारीसाधन प्रयोग गरेर जिल्ला तहका भेटघाटमा पुग्न थाल्नु भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरको गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरको निजी सवारीसाधन चढ्ेका हुन् ।

त्यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडी दशैं विदाभरीका लागि फिर्ता गरेका छन् । स्कटिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ ।

462541039_1252041442742472_6619622230921264999_n.jpg

सुशासन कायम गर्न मुख्यमन्त्रीले दशैं विदामा सरकारी गाडी नचढ्ने निर्णयले जनस्तरमा राम्रो सन्देश सन्देश गएको छ ।