२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

काभ्रेपलाञ्चोकमा बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण

बुधवार , आश्विन २३, २०८१

  • 742
    Shares
  • 742
    Shares
  • भैरहवा, २३ असोज । गत असोज १२ गते आएको अबिरल वर्षापछिको बाढीपहिरोका कारण जनधनको ठुलो क्षति भएको काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–२ का प्रभावितलाई ३० परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

    इनर व्हील क्लब अफ कान्तिपुरको सहयोग र लुम्बिनी विश्व शान्ति मञ्चमा बुधबार बाढीपहिरो प्रभावितहरुलाई कम्बल, सोलार लाईट, लत्ताकपडा, भाडाकुडा, खाद्यान्न लगायत सामग्री वितरण गरिएको मञ्चका अध्यक्ष बासु गौतमले बताए ।

    राहत वितरण कार्यक्रममा इनर व्हील क्लब अफ कान्तिपुरकी अर्पणा पोख्रेल, लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतम, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।