२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

महालक्ष्मी विकास बैंकद्वारा शिव मन्दिर समितिलाई सहयोग

सोमवार , आश्विन २१, २०८१

भैरहवा, २१ असोज । महालक्ष्मी विकास बैंक लिमिटेड भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित श्री शिव मन्दिर सञ्चालक समितिलाई सहयोग गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समितिको कार्यालय व्यवस्थापनका लागि कम्प्युटर, टेबल र कुर्ची प्रदान गरिएको बैंकका भैरहवा शाखा प्रबन्धक रोशन शर्माले बताए । बैंकले वित्तीय कारोबारसँगै सामाजिक कार्यलाई पनि निरन्तरता दिएको उनले बताए । 

सोमबार बैंकको लुम्बिनी प्रदेश प्रमुख गौतम गुप्ता, भैरहवा शाखा प्रबन्धक शर्मासहित कर्मचारीले मन्दिर सञ्चालक समितिका अध्यक्ष पशुपति न्यौपानेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा मन्दिर समितिले बैंकलाई प्रशंसा-पत्र प्रदान गरेको सचिव दुर्गा बहादुर कुंवरले बताए ।

WhatsApp Image 2024-10-07 at 7.57.03 AM.jpeg