आइतवार , फाल्गुण २३, २०७७
काठमाडौं, फागुन २३।
नेकपा नाम विवाद सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतले ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएको छ। न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले २०७५ मंसिर २१ गते हालेको कट्टेलको माग दावी बमोजिमको रिट जारी हुने फैसला सुनाएको हो।
सर्वोच्च अदालतले आज गरेको फैसला आदेशमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको उल्लेख गरिएको छ। आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
सर्बोचको फैसलासँगै नेपालको राजनैतिक बृत्तमा तरङ्ग उत्पन्न भएको छ। अव ओली र प्रचण्ड दुबै पक्षले नेकपा नाम राख्न नपाउने भएपछि अर्को नामको खोजी शुरु भएको छ। उता सर्बोच्चको फैसलाले निर्वाचन आयोगलाई पनि सजिलो बनाईदिएको छ। अव नामको बिवाद अन्त्य भएपछि झण्डा र चुनाव चिन्हको पनि टुंगो चाडै लाग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij