२०८३, श्रावण ३० गते

Aug 15 2026 | २०८३, श्रावण ३० गते

चेम्बर अफ कमर्स रुपन्देहीद्वारा शुभकामना आदानप्रदान, स्वदेशी बजार प्रवर्द्धनमा जोड

शनिवार , आश्विन १९, २०८१

  • 859
    Shares
  • 859
    Shares
  • भैरहवा, १९ असोज । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजया दशमी, दिपावली, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा कार्यक्रम गरिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले मुुलुकको विकासका लागि जनता र सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘सरकारले जनतालाई जनतालाई सरकारले गाली गरेर मात्र हुँदैन । ’  उनले सामान किन्न सीमापारी जाने परिपाटीले स्वदेशी व्यवसाय फस्टाउन नसक्ने बताइन् । नगर उपप्रमुख अधिकारीले सामान स्वदेशमै किन्न सबैले आफैबाट सुरुवात गर्नुपर्ने बताइन् । आर्थिक मन्दीका कारण उद्योगी, व्यवसायी तथा सर्वसाधारण मर्कामा परेको उनले बताइन् ।

    कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी, नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय मिश्र, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, चेम्बर अफ कमर्स, रुपन्देहीका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवाली, पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारी, सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिम बहादुर खत्री, सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ लगायतले बोलेका थिए ।

    चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठको अध्यक्षता तथा धन्यवाद ज्ञापन, कार्यक्रम संयोजक एवं संस्थाकी कार्यसमिति सदस्य उषा अधिकारी बेल्बासेको स्वागत तथा सचिव एवं प्रवक्ता कृष्ण प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । संगठनले प्रत्येक वर्ष शुभकामना आदानप्रदान कार्यक्रमलाई निरन्तरता दिदै आएको वाणिज्य उपाध्यक्ष राम मिलन यादवले बताए ।