२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

भैरहवामा भव्य समारोहकाबीच सडक खाना महोत्सव उद्घाटन

शुक्रवार , आश्विन १८, २०८१

  • 739
    Shares
  • 739
    Shares
  • भैरहवा, १८ असोज ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको भैरहवामा शुक्रबारदेखि सुरु भएको सडक खाना महोत्सवको एक भव्य समारोहकाबीच उद्घाटन गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा सिद्धार्थ होटल संघ, नेपालले सडक खाना महोत्सव २०८१ आयोजना गरेको हो ।

    नेपाली रैथाने खानाको स्वाद स्वदेशी तथा विदेशी पर्यटकलाई चखाउने, नेपाली रैथाने खानालाई ब्राण्डिङ्ग गर्ने उद्देश्यले सडक खाना महोत्सव आयोजना गरिएको सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । भैरहवाको देवकोटा चोकदेखि हाटबजारसम्म दुई दिनसम्म सडकमै खाने र राष्ट्रिय कलाकारहरुसँग रमाउने गरी कार्यक्रम आयोजना गरिएको छ । महोत्सवमा विभिन्न तारे होटलका खानाका परिकार छुटसहित पस्किने व्यवस्था मिलाइएको छ । 

    लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, स्थानीय पालिकासहित विभिन्न संघ–संस्थासँग सहकार्य गरी दुई दिनसम्म ‘भैरहवा फूड फेस्टिबल तथा म्यूजिकल नाइट–२०८१’ आयोजना गरिएको हो । 

    आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गरी सिथिल रहेको पर्यटन क्षेत्रलाई उकास्न महोत्सव फलदायी हुने विश्वास गरिएको छ । 

    महोत्सवमा आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटक अधिक मात्रामा आउने अपेक्षा गरिएको छ । थरिथरिका स्तरीय होटलका स्वाद लिन पाउने भएकाले ५० हजार हाराहारी पर्यटक महोत्सवमा रमाउन आउने विश्वास गरिएको छ । 

    महोत्सव उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेय, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको सहभागीता छ ।