२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

लायन्स बुुटवल स्टार्सद्वारा पिस पोष्टर प्रतियोगिता

बुधवार , आश्विन १६, २०८१

  • 676
    Shares
  • 676
    Shares
  • बुटवल, १६ असोज ।
    लायन्स अन्तर्राष्ट्रिय योजना अनुुसार विश्व शान्तिको लागि गरिने पिस पोस्टर प्रतियोगिता सम्पन्न गरेको छ । लायन्स क्लब अफ बुटवल स्टार्सले आयोजनामा बुधबार कान्ति माध्यमिक विद्यालयमा प्रतियोगिता सम्पन्न भएको हो ।

    बुटवल उपमहानगरपालिका क्षेत्रभित्र रहेका ९ वटा सामुदायिक माध्यमिक विद्यालयहरु कालिमा मानवज्ञान माध्यमिक विद्यालय, कान्ती माध्यमिक विद्मालय, बुटवल माध्यमिक विद्मालय, लक्ष्मी माध्यमिक विद्यालय, उजिर सिंह माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय, सिद्धेश्वरी माध्यमिक विद्मालय र नविन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्मालय सहभागी रहेका थिए । 

    प्रतियोगितामा ११ जना विद्यार्थीले भाग लिएका थिए । जसमध्ये प्रथम पुस्कार, निशा चौधरी (कालिका मानवज्ञान माध्यमिक विद्यालय), दोस्रो पुरस्कार प्रयास सुनार (नविन औधोगिक कदरबहादुर रिता माध्यमिक विद्यालय) र तेस्रो पुरस्कार प्रनिधि सारु कान्ती माध्यमिक विद्यालय) भएका छन् ।

    प्रतियोगितामा प्रथम हुनेलाई रु. ५ हजार, दोस्रोलाई रु. ४ हजार र तेस्रोलाई रु. ३ हजारसहित प्रमाणप्रत्र प्रदान गरिएको लायन्स बुटवल स्टार्सका अध्यक्ष भुपेन्द्र अर्यालले बताए ।  

    कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले पिस पोस्टर इन्टरनेशनल पिस फाउण्डेसले आयोजना गरेको र विश्वका २ सय २० राष्ट्रमा हुने लायन्सका नेताहरुले छान्ने उत्कृष्टलाई रु ५ हजार डलर प्रदान गरिने तथा इन्टरनेशनल कन्भेसनमा सम्मान हुने बताए ।   

    कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर सन्दीप कसौधन, जिएसटी कोडिनेटर आशिष कृष्ण श्रेष्ठ, निर्णायक मना गोल्डी, कान्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली, जोन चेयरपर्सन एन्जील खान, तृतीय उपाध्यक्ष किरण कुमार केसी, सचिव रामबहादुर शाही लगायतले बोलेका थिए ।