२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रुपन्देहीमा नहरमा डुबेर बालकको मृत्यु

सोमवार , आश्विन १४, २०८१

भैरहवा, १४ असोज । 
रुपन्देहीको मर्चवार क्षेत्रमा नहरमा डुबेर एकजना बालकको मृत्यु भएको छ । कोटहीमाई गाउँपालिका–७ स्थित हर्दीका १२ वर्षीय दिपु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । साइकल चलाइहेको बेला चिप्लेर नहरमा गई डुबेर दिपुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

घरबाट दिउँसो करिब ४ बजे तुनिहवातर्फ जाने क्रममा तुनिहवा–अमवा सडकखण्डमा हर्दी चोक भन्दा ३ मिटर उत्तरतर्फ सडकसँगै रहेको कलभर्ट नजिक नहरमा डुबेर उनको मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले बताए ।

प्रहरी निरीक्षक बस्यालका अनुसार घटनापश्चात दिपुलाई उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।