२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

विश्व रेबिज दिवसको अवसरमा तिलोत्तमामा रेबिजविरुद्धको अभियान सुरु

बिहिवार , आश्विन १०, २०८१

  • 901
    Shares
  • 901
    Shares
  • तिलोत्तमा, १० असोज । 
    ‘अवरोध हटाऔं, रेबिज उन्मुलन गरौं’ भन्ने नाराकासाथ विश्व रेबिज दिवसको अवसरमा रुपन्देहीको तिलोत्तमामा रेबिजविरुद्धको अभियान थालिएको छ । नेभ्ला रुपन्देही, अल केयर नेपाल रुपन्देहीको समन्वयमा तिलोत्तमा नगरपालिकाले नगरका सबै घरपालुवा र भुस्याहा कुकुरहरुलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाउने गरी सो अभियान थालिएको हो ।

    नगरको तिलोत्तमा–२ वडामा रहेको पशु स्वास्थ्य शाखामा बिहीबार एक औपचारिक कार्यक्रम गर्दै कार्यक्रम नगरप्रमुख रामकृष्ण खाणले समाजमा रहेका सबै कुकुरलाई सुरक्षित बनाउन र मानव स्वास्थ्यको ख्याल गर्दै सामाजिक कार्यमा अगाडी बढ्न सबैलाई आग्रह गरे । उनले रेबिजविरुद्धको यो अभियानमा सरिक हुन र सबैको सहयोगले मात्र रेबिज रोगबाट टाढा हुन सकिने बताए । उनले रेबिजको त्यस्तो कुनै औषधि फेला नपरेकोले भुस्याहा कुकुर मात्र नभइ रेबिज भएका पशुजन्य चौपायाबाट सर्ने रोग बाट बच्न सबैको सहयोग अपरिहार्य रहेको बताए । सो अवसरमा बोल्दै उजले रेबिजलाई सामान्य रुपमा नलिइ सचेत भएर सुरक्षित हुन समेत आग्रह गरे ।

    सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि खाणले पछिल्लो समय तिलोत्तमा नगरपालिकाले सामुदायिक कुकुरहरुमा गरेको उल्लेखनीय काममा समाजको पनि सहयोग रहे मात्र रेबिज लगायतका रोगहरुबाट ग्रसित समाजलाई त्यस्ता रोगबाट निर्मुल पार्न सहयोग पुग्ने बताए ।  

    त्यस्तै सोही कार्यक्रममा बोल्दै नगरपालिकाका पशु शाखा प्रमुख राजु कुवर मगरले १ हप्तासम्म चल्ने यो अभियानमा सबै गाउँगाउँ टोल–टोलबाट सबै कुकुरहरुलाई भ्याक्सिन लगाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनले कुकुर पाल्ने घरपरिवार र बाटोमा सामाजिक कुकुरहरुलाई समेत सुरक्षित बनाउन सबैले सहयोग गरी भ्याक्सिन लगाउन हातेमालो गर्नुपर्ने बताए । उनले सन् २०३० सम्ममा रेबिज उन्मुलन गर्नुपर्ने धारणा उल्लेख गर्दै सबैको सहयोगले रेबिज शुन्य बनाउन सकिने बताए ।

    कार्यक्रममा पशु प्राविधिक डा. युवराज पन्थी, नेपाल भेटरिनरी एशोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष पिताम्बर खरेल, डा. देवी प्रसाद घिमिरे, वडा नम्बर ३ का अध्यक्ष कल्याण पौडेल, वडा नम्बर २ का अध्यक्ष डिल बहादुर भट्टराई, कार्यपालिका सदस्य राधा शाही, सावित्रा पन्थी, लक्ष्मी घले, वडा सदस्य डोल बहादुर थापा, रामकृष्ण पाठक, पूर्णकला भट्टराई वि.क. लगायतको सहभागीता रहेको थियो ।

    0e96020b-abf4-4e60-96a4-ef5f7aee2564.jpeg

    रेबिजविरुद्धको यो अभियानमा सहयोगीको रुपमा नेभ्ला रुपन्देही, अल केयर नेपाल रुपन्देही रहेका छन् । तिलोत्तमा–२ का टोल विकास संस्था संजालका अध्यक्ष नर बहादुर कार्कीको स्वागतबाट तथा पशु शाखा प्रमुख राजु कुवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।