२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

जिल्लास्तरीय चित्रकला प्रतियोगितामा पामिरका राजन थापा प्रथम

सोमवार , आश्विन ७, २०८१

  • 721
    Shares
  • 721
    Shares
  • बुटवल, ७ असोज । 
    इन्ट्रयाक्ट क्लब अफ दीप बोर्डिङ बुटवलले आयोजना गरेको चित्रकला प्रतियोगितामा पामिर इन्टरनेशनल एकेडेमीका छात्र राजन थापा प्रथम भएका छन् । जिल्लाका २५ विद्यालयका ४६ जना विद्यार्थीहरु सहभागी भएको प्रतियोगितामा पामिरका राजन प्रथम हुन सफल भएका हुन् । 

    त्यस्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रुपन्देहीले आयोजना गरेको जिल्लास्तरीय अन्तरविद्यालय आधारभूत तह चित्रकला प्रतियोगितामामा पनि उनी दोस्रो भएका थिए। रुपन्देहीका ५५ वटा संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागी उक्त प्रतियोगितामा पामिरका छात्र राजन थापाले दोस्रो स्थान हासिल गरेका थिए । 

    त्यस्तै प्याब्सन तिलोत्तमा नगर समितिले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा पामिर एकेडेमीकै छात्रा समिरा पाण्डेले दोस्रो स्थान हासिल गरेकी छन् भने शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पनि पामिरकी कक्षा ९ कि छात्रा प्रतीज्ञा सुवेदीले दोस्रो स्थान हासिल गरेकी छन् ।

    पामिर एकेडेमीले पुरस्कृत हुने छात्रछात्रालाई विद्यालयमै सम्मान गरेको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए । उनले अतिरिक्त क्रियाकलापमा पामिरका विद्यार्थीहरु लगातार उत्कृष्ट हुँदै आएको पनि बताए ।