२०८३, श्रावण ३० गते

Aug 15 2026 | २०८३, श्रावण ३० गते

एमाले लुम्बिनी साँस्कृतिक नगरको नवनिर्वाचित कमिटीले लियो सपथ

आइतवार , आश्विन ६, २०८१

  • 853
    Shares
  • 853
    Shares
  • भैरहवा, ६ असोज ।
    नेपाल कम्यूनिष्ट पार्टी (एमाले) लुम्बिनी साँस्कृतिक नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा निर्वाचित गोविन्द प्रसाद ज्ञवालीले सपथ लिएका छन् । गत असोज २ गते सम्पन्न अधिवेशनबाट ज्ञवाली सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए ।

    त्यस्तै कमिटीको उपाध्यक्षमा मन्जु ढकाल, सचिवमा वसिउद्दीन मुसलमान, उपसचिवमा विन्देश्वरी कहार र सरिता श्रीवास्तव निर्वाचित भएका थिए । सर्वसम्मत निर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सपथ ग्रहण गराएका छन् ।

    एमाले लुम्बिनी साँस्कृतिक नगर कमिटी, रुपन्देहीले शनिबार लुम्बिनीमा आयोजना गरेको सपथ ग्रहण समारोहमा उनीहरुले सपथ ग्रहण गरेका हुन् ।

    सो अवसरमा एमाले केन्द्रीय सदस्य ढकालले नवनिर्वाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । एमाले रुपन्देही क्षेत्र नम्बर ५ का इञ्चार्ज समेत रहेका ढकालले भने, ‘यो कमिटीले जनता र नगरको पक्षमा काम गरोस् । विकासका कामको अगुवाइ लिनुपर्छ ।’

    460952460_1302343110935434_8517719119011224701_n.jpg

    एमाले लुम्बिनी साँस्कृतिक नगर कमिटीका नवनिर्वाचित अध्यक्ष ज्ञवालीले भने, ‘पार्टी कार्यकर्ताले योग्य ठानी जिम्मेवारी दिनुभयो, नेता गणले सौहार्दपूर्ण रुपमा अधिवेशन गराइ पार्टीलाई अगाडि बढाउन महत्वपूर्ण भुमिका खेल्नु भइ अधिवेशनबाट जिम्मेवारी दिनुभएकोमा सबैप्रति आभार व्यक्त गर्दछु ।’

    460716400_1302343167602095_3774545987269585058_n.jpg