२०८३, आषाढ १५ गते

Jun 29 2026 | २०८३, आषाढ १५ गते

लुम्बिनी युवा परिषद समितिको बैठकद्वारा चालु आर्थिक वर्षको बजेट स्वीकृत गर्ने निर्णय

शुक्रवार , आश्विन ४, २०८१

  • 769
    Shares
  • 769
    Shares
  • दाङ, ४ असोज ।
    लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा युवा परिषद विकास समितिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न बैठकले चालु आर्थिक बर्ष २०८१/०८२ को लागि प्रदेश युवा परिषद् समितिको प्रस्तावित बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । 

    चालु आर्थिक वर्षमा युवा परिषदको लागि रु. १ करोड बजेट विनियोजन गरिएको थियो । सशर्त पूँजीगततर्फ रु. ५९ लाख र कार्यक्रमतर्फ रु. ४१ लखको बजेट स्वीकृत गरेको हो । 
    त्यस्तै बैठकले युवा परिषद समितिको हाल रुपन्देहीको बुटवलमा रहेको कार्यालय लुम्बिनी प्रदेशको राजधानी क्षेत्रभित्र स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

    बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले युवाहरुलाई उद्यम, सचेतना तथा साइबर सुरक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम केन्द्रित गर्न निर्देशन दिएका छन् ।‘युवाहरुको समस्याको पहिचान गरेर समाधानका लागि योजना निर्माण गर्न जरुरी छ’उनले भने,‘युवालाई आकर्षित गर्ने, भविष्यप्रति आशा जगाउने गरी काम गर्न जरुरी छ । यसैप्रकारका योजनाहरु बनाएर अघि बढ्नुपर्छ ।’

    युवा परिषदले युवाहरुलाई साइबर सुरक्षा सम्बन्धि तालिम प्रदान गर्ने,  सिमान्तकृत समुदायका युवालाई लक्षित गरेर अटोरिक्सा मर्मत तालिम, नमुना युवा संसद, लागूऔषध तथा दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम, लुम्बिनी प्रदेशमा युवाको अवस्था अध्ययन तथा विश्लेषण गर्ने, युवा पिस कन्फ्रेन्स कार्यक्रम गर्ने, युवा उद्योग वाणिज्य संघ सँग सहकार्य तथा अन्तरक्रिया गर्ने, स्थानीय तहमा युवा परिषद गठनका लागि सहजीकरण गर्ने विषय समेटिएको छ । 

    बैठकमा युवा परिषदका उपाध्यक्ष हंसराज खनाल, प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुमार खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कंडेल लगायतको सहभागिता रहेको थियो ।