२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

‘सामाजिक कार्यमा रोटरी सधै अग्रसर’

शनिवार , फाल्गुण २२, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल, २२ फागुन । 
    रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको वार्षिक योजना अन्तरगत डिष्ट्रिक गभर्नर अफिस भिजिट सम्पन्न भएको छ । क्लबको वर्षभरी गरेका कार्यक्रमको समीक्षा र आगामी दिनमा गर्ने कार्यक्रमबारे छलफल समेत गरिएको छ । 

    रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजिव पोखरेलले रोटरीको लक्ष्य अनुसार सामाजिक गतिविधिसंगै अन्तरक्रिया कार्यक्रम गरेर अन्य क्लबबाट फरक र नमुना काम भएको बताए । क्लबका डाइरेक्टरहरुको प्रतिवेदन प्रस्तुतिपछि सुझाव दिदै डिजि पोखरेलले सबै सदस्यहरुको सक्रिय सहभागिता बढाउने गरी रणनीतिक योजना बनाएर अघि बढ्न सुझाव दिए ।

    क्लब एसेम्बली अन्तरगत क्लब एडमिनिष्ट्रेसन चेयर, मेम्बरसिप चेयर टिकाराम पाण्डे, सर्भिस प्रोजेक्ट चेयर, पब्लिक रिलेशन चेयर लगायतले प्रतिवेदन पेश गर्दै नयाँ सदस्यलाई तालिम तथा अभिमुखीकरणका कार्यक्रम दिदै रोटरीलाई चिनाउने आफुहरु लागेको उनीहरुले बताए । 

    क्लबका अध्यक्ष गोपाल ज्ञवालीले रोटरीको मर्म र डिजिबाट निर्देशन अनुसार अघि बढ्ने प्रतिबद्धता जनाए ।

    जोन २१ का एजी हरि प्रसाद पौडेल, जोन १९ का एजी खिमानन्द भुसाल, क्लबका पूर्वअध्यक्ष बालकृष्ण अर्याल, नवीन श्रेष्ठ, ओम प्रसाद अर्याल, प्रेसिडेन्ट इलेक्ट विष्णु प्रसाद चापागाई, क्लबका सदस्य भुवनसिंह विश्वकर्मा, रोट्रयाक्ट क्लब अफ देवदहका अध्यक्ष अर्जुन गुरुङ, रोट्रयाक्ट शुद्घोधनका अध्यक्ष महेन्द्र गौतमले सामाजिक कार्यमा युवाहरुको अग्रसरता जरुरी रहेको बताए ।