
मंगलवार , आश्विन १, २०८१
भैरहवा, १ असोज ।आज विश्वकर्मा पूजा । भगवान विश्वकर्माको पूजा गर्न भैरहवाको लुम्बिनी रोडमा रहेकोविश्वकर्मा मन्दिर लगायतका स्थानहरुमा भीड रहेको छ ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा धजा पतङले सजाएर विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij