२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

अत्यावश्यक वस्तुको सहज उपलब्धताको ग्यारेन्टी सरकारले गर्छ: उद्योगमन्त्री भण्डारी

बिहिवार , भाद्र २७, २०८१

  • 784
    Shares
  • 784
    Shares
  • काठमाडौं, २७ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले  दुर्गम क्षेत्रमा अत्यावश्यक वस्तुको अभाव हुन नदिनेगरी सुपथ मूल्यमा खाद्यान्नहरु उपलब्ध गराइने बताएका छन् । बिहीवार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन थप योजना, व्यवसायिकता वृद्धि गर्न आवश्यक रहेको बताए । उनले साल्ट ट्रेडिङ कर्पोरेशनको व्यवसायिकता बिस्तार गर्ने र अझ सेवा प्रवाहमा सहज गर्ने कुरामा मन्त्रालयले आवश्यक योजना बनाइरहेको बताए । उनले सरकारले मन्त्रीपरिषद्को बैठकबाट चिनीको आपूर्ति सहज बनाउन ५० प्रतिशत भन्सार छुट दिएको बताए । उनले असोजको ७ गतेबाट सुपथ मूल्यका पसलहरु देशभर ४२ वटा जिल्लामा सञ्चालन हुने जानकारी दिए। उनले चामल, दालमा ५ रुपैयाँ छुट दिने र चिनीमा अहिलेको बजार १०७ रहेको र घटाउने योजना बनाइरहेको बताए। कृत्रिम अभाव सिर्जना गर्न नदिने पनि दाबी गरे । चिनी, दाल, चिउरा, नुन, मैदा लगायतका अत्यावश्यक वस्तुमा मूल्य समायोजन गरी आम उपभोक्तालाई सहज रुपमा गुणस्तरीय वस्तु उपलब्ध गराउने सरकारको उद्देश्य रहेको बताए । 

    उनले भने, ‘खासगरी दुर्गम क्षेत्रमा अहिले अभाव हुन नदिने गरी सुपथ मूल्यमा खाद्यान्नहरु उपलब्ध गराएको छ । अहिलेका अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन थप योजना, व्यवसायिकता वृद्धि गर्न आवश्यक छ । यसको व्यवसायिकता बिस्तार गर्ने र यसले अझ सेवा प्रवाहमा सहज गर्ने कुरामा मन्त्रालय अवश्यक हेर्नेछ । सरकारले मन्त्रीपरिषद्को बैठकबाट आजको चिनीको आपूर्ति सहज बनाउन ५० प्रतिशत भन्सार छुट दिएका छौँ । अलि चाँडै उपलब्ध गराउनका लागि हो । यसमा सरकारले विश्वास गरेरै दिएको हो । चाडपर्वलाई ध्यानमा राखेर सुपथ मूल्यका पसलहरुमा खाद्य व्यापार कम्पनी र साल्ट टे«डिङ दुवैलाई मन्त्रालयले जिम्मेवारी दिएको छ । त्यसमा सात गतेबाट सुपथ मूल्यका पसलहरु देशभर ४२ वटा जिल्लामा सञ्चालन हुनेछ ।

    चामल पाँच रुपैयाँ मूल्य घटाउने, चिनी, दाल, चिउरा, नुन, मैदामा लगायतका अत्यावश्यक वस्तुमा मूल्य समायोजन गरी आम उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउने, गुणस्तरीय वस्तु उपलब्ध गराउने, त्यसको सहज आपूर्ति गराउन ध्यान दिनेछौँ । अहिले कृत्रिम अभाव सिर्जना गर्नेगरी काम हुँदैन । बजार अनुगमनबाट हामीले थुप्रै गोदामहरु सिल गरेका छौँ । मूल्य वृद्धि हुँदैन । अत्यावश्यक वस्तुको सहज उपलब्धताको ग्यारेन्टी सरकारले गर्नेछ । अभाव हुन दिँदैनौँ । उपलब्धतामा कमी हुने छैन । कृत्रिम अभाव, अखाद्यवस्तु मिसावट जस्ता कुरालाई सरकारले नियन्त्रण गर्छ । कारबाहीको दायरामा ल्याउँछ । अहिलेको बजारमूल्यलाई समायोजन गर्नेछौँ । खाद्य व्यापार कम्पनी र साल्ट टे«डिङबाट प्राप्त हुने वस्तुहरुमा चामल, दालमा ५ रुपैयाँ, चिनीमा अहिलेको बजार १०७ छ, घटाउने योजना बनाइरहेका छौँ । वस्तुको अभाव हुन दिँदैनौँ ।’ मन्त्री भण्डारीले अत्यावश्यक वस्तुको सहज उपलब्धताको ग्यारेन्टी सरकारले गर्ने बताए।