२०८३, आश्विन १७ गते

Oct 03 2026 | २०८३, आश्विन १७ गते

प्रदेशको समग्र विकास, पर्यटन आधार स्तम्भ : मुख्यमन्त्री आचार्य

आइतवार , भाद्र २३, २०८१

  • 970
    Shares
  • 970
    Shares
  • अर्घाखाँची, २३ भदौ ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको समग्र विकासका लागी पर्यटन क्षेत्र आधार स्तम्भको रुपमा रहेको भएको बताएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रबाट लुम्बिनीको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा योगदान पुर्याउने गरी बृहत योजना निर्माणको चरणमा रहेको जानकारी दिए । 

    उनले लुम्बिनी प्रदेशका १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्ने गरी बृहत योजना निर्माण गर्न थालिएको बताए । लुम्बिनीलाई पर्यटन सर्किटबाट जोड्ने योजना सरकारले बनाएको र यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई आकर्षित गर्न सकिने योजना सुनाए । 

    ‘पर्यटकीय स्थल थुप्रै छन् । १२ जिल्लालाई एउटा लुम्बिनी पर्यटन सर्किटको रुपमा विकास गर्ने योजना छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तव्य स्थलमा पुर्याउन सकियो भने सोंचेको जस्तो विकास हुनेछ’उनले भने,‘रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटको रुपमा विकास गरेर लग्ने । यीसहित सबै जिल्लालाई जोडेर लुम्बिनी पर्यटन सर्किट बनाउने ।’

    गौतमबुद्धको जन्मस्थल लुम्बिनी, पाल्पाको श्रीनगर, दरबार संग्राहलय, रुरु क्षेत्र, रेसुंगा, छत्रमहाराज, बल्कोट, सुपादेउराली, स्वर्गद्वारी, रोल्पाको युद्ध संग्राहलय, सिस्ने, पुथा हिमाल भ्रमण गरेर दाङको धारपानी भएर बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सक्ने गरी पर्यटन सर्किट निर्माण गर्ने उनले योजना सुनाए ।

    पत्रकार सम्मेलनमा प्रदेश सरकार फजुल खर्च रोक्न प्रतिबद्ध रहेको बताउनु भयो । जिल्ला बाहिर जाँदा मुख्यमन्त्रीका नाममा खर्च भएका होटलका बिल मन्त्रालयमा पेश नगरिने उनले स्पष्ट पारे । फजुल खर्च रोक्न पूर्व विशिष्ट व्यक्तिहरुको सेवासुविधा खारेज गरिएको उनले जानकारी दिए ।