२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सामूहिक बलात्कार घटनाका दोषीलाई कारवाही गर्न राप्रपा रुपन्देहीको माग

बुधवार , भाद्र १९, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १९ भदौ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रुपन्देहीले सामूहिक बलात्कारका घटनामा संलग्न दोषीलाई कानूनी कठघरामा ल्याइ हदैसम्म कानूनबमोजिम कारवाही गर्न माग गरेको छ । राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले बुधबार विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानबीन गरी घटना घटाउने दोषी जो कोही भए पनि कानूनी कठघरामा ल्याउन माग गरेका छन् ।

    ‘रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिका वडा नम्बर ३ निवासी एक किशोरीलाई ललाईफकाई प्रलोभनमा पारी जबरजस्ती सामूहिक बलात्कार भएको घटनाको खबरले राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति रुपन्देही स्तब्ध भएको छ । यसप्रकारको जघन्य अपराधको घोर निन्दा गर्दछ । साथै पीडित चेलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।