२०८३, आषाढ १५ गते

Jun 29 2026 | २०८३, आषाढ १५ गते

सिर्जनशील–मोती सम्मान गीतकार भट्टराई र कवि शर्मालाई

बुधवार , भाद्र १९, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १९ भदौ ।
    सिर्जनशील साहित्यिक समाज (सिसास) को आयोजनामा १५९ औं मोती जयन्ती तथा २४८ औं सिसास मासिक संगम सम्पन्न भएको छ । मोती जयन्तीको अवसरमा भैरहवामा आयोजित कार्यक्रममा साहित्यकारहरुले मोति जयन्ती विशेष रचनाहरु वाचन गरेका थिए । कार्यक्रममा सिसासका संस्थापक अध्यक्ष तथा सल्लाहकार सुरज घिमिरेले मोतीरामको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए । 

    सोही अवसरमा समाजले गीतकार राधा भट्टराई र कवि अनमोल शर्मालाई सिर्जनशील–मोती सम्मान प्रदान गरेको छ । कार्यक्रममा सिसासका पूर्वअध्यक्ष तथा सल्लाहकार सुवास रिजालले सम्मानित स्रष्टाको साहित्यिक व्यक्तित्वको बारेमा परिचय गराएका थिए ।

    सिसासका अध्यक्ष कमल पोख्रेलको अध्यक्षता, वरिष्ठ साहित्यकार प्रा.डा कपिलदेव लामिछानेको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ तथा प्राज्ञ एवं वरिष्ठ गजलकार बूँद रानाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा वरिष्ठ साहित्यकारहरू वनमाली निराकार , विजय सागर, रुद्र ज्ञवाली, रमेश समर्थन, पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारी, साहित्यकारहरू उमेशचन्द्र रिजाल, युवराज शर्मा खनाल, तिलक लामिछाने, डिआर शर्मा न्यौपाने, उमेश थापा लाटोमगर, यज्ञलाल सुवेदी, लता प्रधान, देवी न्यौपाने, प्रकाशलाल श्रेष्ठ लगायतले शुभकामनासहित रचना वाचन गरेका थिए ।

    सिसासका उपाध्यक्ष सरू ज्ञवालीको स्वागत मन्तव्य तथा सचिव विष्णु गजुरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।