२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

भोली हुने मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम रोक्न स्थानियको माग

बिहिवार , फाल्गुण २०, २०७७

बुटवल, २० फागनु। बिगत दशकौंदेखि बस्दै आएका स्थानियको मागलाई बेवास्ता गर्दै रुपन्देहीको मोतीपुरमा औद्योगिक कोरिडोरको शिलान्यास गर्न थालेको भन्दै स्थानियले बिरोध गरेका छन्।

औद्योगिक क्षेत्र पीडित स्थानियलाई बैकल्पिक ब्यबस्था नगरि औद्योगिक कोरिडोरको शिलान्यास नगर्न बारम्बार आग्रह गर्दा नमानेकोले बाध्य भएर बिरोधमा उत्रिनु परेको उनिहरुले बताएका छन्। 

बिहिबार पत्रकार सम्मेलन गर्दै औद्योगिक कोरिडोर पीडितले भने– हामी ५० वर्षदेखि बसोबास गर्दै आएका स्थानीय हौं, हाम्रो मागलाई किन बेवास्ता गरियो थाहा छैन तर हामी भोलीको शिलान्यास कार्यक्रम रोक्छौं। उनिहरुले हामीलाई बैकल्पिक व्यवस्था नगरि औद्योगिक कोरिडोर बन्न दिँदैनौं, कार्यक्रम रोक्छौं, हामी बिरोध गर्छौं भन्दै अप्रिय घटना हुनसक्ने चेतावनी समेत दिएका छन्। 

पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक रामप्रसाद पाण्डेले राज्यले कथित सुकुम्बासीलाई जथाभावी जग्गा बाँड्न हुने तर हामीलाई ब्यबस्था गर्न किन नहुने भन्दै प्रश्न गरेका छन्। उनले भने–गासबास कपासको ग्यारेन्टी राज्यले गर्नुपर्ने ठाँउमा झन गासबासै उठाउने षडयन्त्र किन भयो, हाम्रो माग पुरा हुनै पर्छ, हामीले त्यसै छोड्नेवाला छैनौं।

स्थानिय जनप्रतिनिधी शिव खड्काले कोरिडोर शिलान्यासको विषयमा औपचारिक जानकारी नभएको भन्दै नागरिकको गास, बास र कपाससँग जोडिएको बिषयमा स्थानीय सरकारसँग समन्वय नै नगरि संघीय सरकारले शिलान्यास गर्न लागेकोमा दुःख ब्यक्त गरेका छन्। 

यसअघि फागुन १३ गते शिलान्यास कार्यक्रम राखिएको थियो। स्थानियको बिरोधपछि अर्थमन्त्रीको समय अभावको कारण देखाउदै कार्यक्रम २१ गतेलाई सारिएको थियो। यो बिचमा पनि स्थानियको माग सम्बोधन नगरिएको भन्दै भोली हुने शिलान्यास कार्यक्रम अवरुद्ध गर्ने स्थानियले चेतावनी दिएका छन्।