बिहिवार , फाल्गुण २०, २०७७
भैरहवा, २० फागुन ।
रोट्रयाक्ट क्लब अफ भैरहवा र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा आत्मरक्षा सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र भैरहवा तेक्वान्दो डोजाङ्गको सहयोगमा मायादेवी गाउँ कार्यपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको क्लबले जनाएको छ ।
महिला हिंसा, बलात्कारको घटना बढेकोले त्यसलाई न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष सरिता रानाले बताइन् ।
गाउँपालिकाभित्रका ८ वटा सामुदायिक विद्यालयका छात्रा तथा शिक्षिका गरी ९० जनाको सहभागिता रहेको क्लबका सचिव करिम खानले जानकारी दिए ।
तालिम कार्यक्रममा बोल्दै प्रमुख अतिथि मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरी, विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले यस्ता तालिमहरुले महिला हिंसाविरुद्ध लड्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । क्लब सर्भिस डाइरेक्टर आशिष श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij