२०८२, माघ २६ गते

Feb 09 2026 | २०८२, माघ २६ गते

पञ्चकन्या समुह ५२ औं वर्षमा, २ सय ५२ ले गरे रक्तदान

शुक्रवार , भाद्र १४, २०८१

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा । पञ्चकन्या समुह ५२ औं वर्षमा प्रवेश गरेको छ । समुहले ५२ औं बर्ष प्रवेशको अवसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम गरेको छ । 

    रक्तदान, जिवनदान भन्ने नारालाई सार्थक तुल्याउदै रगत संकलन अभियानलाई प्रभावकारी बनाउन आयोजना गरिएको कार्यक्रममा २५२ ले रक्तदान गरेका छन् । 

    2.jpg

    रक्तदान कार्यक्रममा पञ्चकन्या समुह भित्रको बिभिन्न उद्योगमा कार्यरत कर्मचारी, स्थानिय तथा सरोकारवाला व्यक्तिले रगत दान गरेको पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । रत्तदानका लागि बुटवल तथा भैरहवाबाट समेत नागरिकको सहभागिता रहेको थियो । 

    उनले विगतका बर्षहरुमा पनि रक्तादन कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि रक्तदान लगायतका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । 

    गत बर्ष आयोजित कार्यक्रममा ११० जनाले रत्तदान गरेका थिए । उनले रक्तदान जस्तो पवित्र कार्यक्रमले आपसी सद्भाव कायम गर्नुका साथै रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने पवित्र उद्धेश्य राखिएको बताए। 
    पञ्चकन्याले रक्तदान सहित अन्य सामाजिक सेवा भावका कार्यक्रमलाई पनि निरन्तरता दिदै आएको छ । रुपन्देहीका उद्योग प्रतिष्ठानहरुमा यस्ता खालका सामाजिक कार्य गर्ने सस्थाहरुमा पञ्चकन्या अग्र भागमा रहेको छ ।