२०८३, आषाढ १५ गते

Jun 29 2026 | २०८३, आषाढ १५ गते

सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखाद्वारा तीजमिलन तथा सम्मान

आइतवार , भाद्र ९, २०८१

  • 652
    Shares
  • 652
    Shares
  • भैरहवा, ९ भदौ ।
    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखाले लिडर्स सम्मानका साथै तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा वर्ष २०८०।८१ का उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको शाखा प्रमुख विनिता श्रीसले बताइन् ।

    देवदह नगरपालिकाको उपप्रमुख विद्यालक्ष्मी गुरुङको प्रमुख आतिथ्यता, बुटवल रिजनल हेड दुर्गा राज ढकालको विशिष्ट आथित्यता, शाखाको सिनियर एजेन्सी म्यानेजर डबल एमडीआरटी कमला थापाको स्वागत तथा एजेन्सी म्यानेजर पार्वती न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रममा उत्कृष्ट एजेन्सी कमला थापा, फुलमाया श्रीस, मित्रलाल न्यौपाने, कमला कुँवर, पार्वती न्यौपाने, भोजा कुँवर, ईन्द्र लक्ष्मी राना, सपना गाहा र निशा गुरुङ सम्मानित भएका थिए ।
    कार्यक्रममा ६५ जना अभिकर्ताहरुको सहभागीता रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखाले जनाएको छ ।

    02cfcb9d-e8f9-4a8e-a2c0-7e00fb173045.jfif