images

शुक्रवार, बैशाख ७ गते २०८१

साना तथा मझौला उद्योगी तथा व्यवसायीको हितमा काम गर्नेछु

साना तथा मझौला उद्योगी तथा व्यवसायीको हितमा काम गर्नेछु

images
images
images
बुधवार, फाल्गुण १९ २०७७
बुधवार, फाल्गुण १९ २०७७
  • साना तथा मझौला उद्योगी तथा व्यवसायीको हितमा काम गर्नेछु

    भैरहवा 

    images
    images
    images

    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६२ औं साधारणसभा तथा अधिवेशन यही २१ र २२ गते हँुदैछ । चुनाव नजिकिएसंगै उम्मेदवारहरु पनि चुनावी दौडमा छन् । चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरु अहिले आम उद्योगी व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । संघको वाणिज्यतर्फको कार्यसमिति सदस्य पदको उम्मेदवार गौरवलाल श्रेष्ठ आसन्न निर्वाचनका लागि आफ्नो पक्षमा मत माग्दै हिंडेका छन् । चुनावी प्रचारप्रसारका विषयमा श्रेष्ठसंग गरिएको कुराकानीको सम्पादित अशं :

    तपाई चुनावी प्रचारप्रसारको काम कहाँसम्म पुग्यो ?

    सिद्धार्थ उद्योग वाणिज्य संघको यही २२ गते हुने अधिवेशनका लागि हामी चुनावी प्रचारप्रसारमा तीव्रताका साथ लागेका छौं । संघमा आगामी कार्यकालमा गर्नुपर्ने काम र एजेण्डा बोकेर म अहिले आम उद्योगी तथा व्यवसायीको घरदैलोमा भोट माग्दै हिंडेको छु । अहिलेसम्म थुप्रै उद्योगी व्यवसायीको पुगिसेको छु । यो क्रम जारी रहेको  छ । निर्वाचनमा युवाहरुलाई मतदान गरी निर्वाचित गराउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं ।

    तपाईले दुईपटक संघमा निर्वाचित भइसक्नु भो । दुई वर्षमा खास के के काम गर्नु भयो ?

    हो, म दुई पटकसम्म संघको कार्यसमिति पदमा निर्वाचित भएको व्यक्ति हो । दुई कार्यकालमा हामीले थुप्रै सिर्जनशील काम गरेका छौं । खासमा त दुई कार्यकाल मेरा लागि सिकाईको कार्यकाल पनि बन्न पुग्यो । हामीले सिकेका कुरालाई आम उद्योगी व्यवसायीको हकहितमा लगाएका छौं । दुई कार्यकाल सिकाइमा गएकाले आगामी कार्यकालमा उद्योगी तथा व्यवसायीको हकहित र संरक्षणमा लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु ।

    तपाई निर्वाचित भएको अवस्थामा के कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?

    म निर्वाचित भएको अवस्थामा संघको समग्र विकासका साथ साथै साना तथा मझौला खालका आम उद्योगी तथा व्यवसायीको हितमा काम गर्ने योजना रहेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघमा सानादेखि ठूला र शहरदेखि ग्रामिण क्षेत्रसम्मका व्यवसायी रहेका छन् । कतिपय ग्रामीण क्षेत्रका व्यवसायिहरुले कर, मास्केवारी लगायतका विषयमा जानकारी छैन । उहाँहरुलाई यी कुराहरुमा जानकारी दिलाउने, प्रशिक्षित गर्ने, उद्योगी व्यवसायीहरुको दक्षता विकास गर्ने मेरो योजना छ । व्यवसायीहको समस्यामा हरबखत मेरो उपस्थिति रहनेछ ।

    अन्त्यमा
    म सिद्धार्थ उद्योग वाणिज्य संघमा वाणिज्यतर्फको सदस्य पदमा उम्मेदवारी दिएको छु । युवा तथा साना तथा मझौला खालका उद्योगी तथा व्यवसायीको प्रतिनिधित्व गरेर जाँदैछु । सिद्धार्थ उद्योग वाणिज्य संघमा मैले यस अघि गरेको योगदानको मुल्यांकन गर्दै आगामी एक कार्यकालका लागि निर्वाचित गराउनुहुनेछ भन्नेमा पूर्ण विश्वास लिएको छु ।
     
     
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij