२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

अखिल नेपाल पिछडावर्ग महासंघ लुम्बिनी प्रदेशद्वारा विभिन्न निर्णय

आइतवार , श्रावण २७, २०८१

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, २७ साउन ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघ लुम्बिनी प्रदेश कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार कपिलवस्तुको शिवराज नगरपालिकास्थित चन्द्रौटामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो ।

    बैठकले ओबीसी महासंघ प्रदेश कमिटीको कार्यालय र साईनबोर्ड रुपन्देहीको बुटवलस्थित नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको कार्यालय पुष्पलाल स्मृति भवनमा राख्ने निर्णय गरेको छ । त्यस्तै कार्यालय सचिवको जिम्मेवारी संजय मालीलाई दिने निर्णय गरिएको ओबीसी महासंघ लुम्बिनी प्रदेशले जनाएको छ । 

    बैठकले प्रदेश अध्यक्ष पशुपति यादवको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालय सदस्यहरुमा जगदीश यादव, माधुरी अग्रहरी, दिनेश कुमार यादव, घनश्याम तेली, शान्ति लोध, कृष्ण सहानी (चाई), संजय माली, भानु प्रसाद यादव, चिन्नी सैथवार र राम दयाल गुप्ता रहेका छन् ।

    त्यसै गरी बैठकले २०८१ भदौ ३० गतेभित्र शाखा अधिवेशन तथा गाउँपालिका र नगरपालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।

    बैठकले धनुषामा भदौ १४ र १५ गते हुने केन्द्रीय प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश कमिटीको सचिवालय, जिल्ला पदाधिकारी समेतको टोली बनाइ सहभागी हुने निर्णय गरेको छ । त्यसै गरी विभिन्न माग राख्दै भदौ ५ गते लुम्बिनी प्रदेश सरकार र मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको ओबीसी महासंघ लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

    बैठकमा सम्बोधन गर्दै अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज संजय कुमार गुप्ताले पिछडावर्गमा तराई–मधेशका ५० वटा जाति पर्ने बताए । उनले पिछडावर्गलाई पार्टीमा पनि उचित स्थान दिनुपर्नेमा जोड दिए । एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य रहेका गुप्ताले पिछडावर्गलाई राज्यका सम्पूर्ण निकायमा आरक्षणको व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले एमाले नेतृत्वको सरकारले धेरै राम्रो काम गरेको दावी गरे । 

    ओबीसी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष पशुपति यादवको अध्यक्षता, महासंघका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज संजय कुमार गुप्ताको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभा सांसद् शान्ति लोधको स्वागत तथा ओबीसी महासंघ प्रदेश उपाध्यक्ष जगदीश मालीको सञ्चालनमा भएको बैठकमा केन्द्रीय सदस्य रिंगला यादव, धनेश्वरी चौधरी, राजकुमार मौर्य, सहजराम यादव, सन्दिप गुप्तालगायतको उपस्थिति रहेको थियो ।