२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

साउन ६ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

बुधवार , श्रावण २, २०८१

  • 445
    Shares
  • 445
    Shares
  • काठमाडौं, २ साउन । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

    ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर सोमबार सपथग्रहण गरेका थिए । 

    संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।  त्यस्तै प्रधानमन्त्री ओलीले ६ गते संसदबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम पनि छ । 

    पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई नेपाली कांग्रेससहित विभिन्न दलको साथ छ ।