२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

नयाँ गठबन्धनले विगतको उपलब्धीप्रति प्रहार हुन सक्छ : समाजवादी मोर्चा

मंगलवार , श्रावण १, २०८१

  • 616
    Shares
  • 616
    Shares
  • काठमाडौं, १ साउन ।
    समाजवादी मोर्चाले पछिल्लो राजनीतिक घटनाक्रमका साथै यसअघिको मोर्चाको कामको समीक्षा गर्दै दस्तावेजीकरण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । 

    नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले दस्तावेजीकरणका लागि चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । 

    त्यस्तै बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै प्रगतिशील यात्रातर्फ अघि बढेको देशलाई यथास्थिति र पश्चमगनका साथै विगतको उपलब्धीप्रति हुन सक्ने प्रहारप्रति चिन्ता व्यक्त गरेको छ । 

    बैठकले अरु सबै प्रगतिशिल कम्युनिष्ट घटकका साथै उपेन्द्र यादव र मोहन विक्रम सिंहलाई पनि मोर्चामा ल्याउने पहल गर्ने निर्णय गरेको नेकपाका नेता खड्क विश्वकर्माले जानकारी दिए ।

    समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।