२०८३, आषाढ २६ गते

Jul 10 2026 | २०८३, आषाढ २६ गते

लायन्स स्टार्सद्वारा विद्यालयमा शैक्षिक सामग्री वितरण

मंगलवार , श्रावण १, २०८१

  • 955
    Shares
  • 955
    Shares
  • बुटवल, १ साउन ।
    लायन्स क्लब अफ बुटवल स्टार्सले रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६ केउलीस्थित सरस्वती आधारभूत विद्यालयमा सहयोग गरेको छ । 
    क्लबले मंगलबार एक कार्यक्रमकाबीच विद्यालयलाई नगद २० हजार रुपैयाँ बराबरको स्टेशशनरी, खेलकुद सामग्री, विद्यालय पोशाक, भित्ते घडी लगायतका सामग्री प्रदान गरेको हो ।  

    शैक्षिक सामाग्री तथा खेलकुद सामग्रीहरु क्लब अध्यक्ष भूपेन्द्र अर्यालले विद्यालयका प्रधानाध्यापक खुम बहादुर सारुलाई हस्तान्तरण गरेका हुन् ।
    कार्यक्रम क्लबका पूर्वअध्यक्ष तथा जीएमए कोडिनेटर एम.एल. पाण्डेको जन्मोत्सवको अवसरमा गरिएको थियो । 

    कार्यक्रममा लायन्स पूर्व डिष्ट्रिक गभर्नर महेन्द्र नारायण श्रेष्ठले स्टार्सको नारा ‘जहाँ दुःख्छ त्यहाँ पुग्छ’ भन्ने नारालाई आत्मसाथ गर्दे अति गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई शिक्षाबाट वञ्चित नहुन भनेर सहयोग गरेको भन्दै प्रशंसा गरे । 

    क्लबका पूर्वअध्यक्ष तथा जिएसटी कोडिनेटर आशिष कृष्ण श्रेष्ठले मानवीय सेवा भावले सामाजिक क्रियाकलापमा लायन्सको योगदान उच्च रहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए ।  

    यसैबीच  लायन्स क्लब स्टार्स र लियो क्लक स्टार्स मंगलबार वृक्षरोपण गरेको छ । देवदह नगरपालिका वडा ६ केउलीस्थत सरस्वती आधारभूत विद्यालयको प्रांगणमा फलफूलको विरुवा रोपिएको क्लबले जनाएको छ । 

    FB_IMG_1721131036197.jpg

    आँप, लिची, अम्बा, लगायतका विरुवा रोपिएको कार्यक्रम संयोजक पिताम्बर अर्यालले बताए । अध्यक्ष भुपेन्द्र अर्यालले वृक्षरोपणले वातावरण संरक्षणमा टेवा पुग्ने बताए । क्लबले हर्बल गर्डेन देवदह र शंकनगर वन विहार तथा अनुसन्धान केन्द्रभित्र पार्क निर्माण गरेको, सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल बहुमुखी क्याम्पस अगाडि डिभाइडरमा तारजाली र वृक्षरोपण गरी आवश्यकता अनुरुप वृक्षरोपण तथा निर्माण गरिने उनले बताए ।  जोन चेयरपर्सन तथा क्लबका पूर्व अध्यक्ष अन्जिल खानले पर्यावरण बचाउन तथा जीवजन्तुको लागि यो कार्यले राम्रो भूमिका खेल्ने उनले बताए ।