२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

दुग्ध वितरण आयोजनाले कृषकहरुलाई करिब ३६ करोड दुधको बक्यौता तिर्न बाँकी

मंगलवार , श्रावण १, २०८१

काठमाडौं, १ साउन । विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकहरुलाई करिब ३६ करोड रुपैया दुधको बक्यौता तिर्नुपर्ने देखिएको छ ।

निजी डेरीको दुध तथा दुग्धजन्य पदार्थको मुल्य सस्तो भएकाले विराटनगर दुग्ध वितरण आयोजनाको उत्पादनको विक्री घटेकाले दुधको बक्यौता तिर्न नसकिएको आयोजनाले जनाएको छ । आयोजनाको दुध प्रति लिटर ९८ रुपैयामा विक्री गर्दै आएकोमा निजी डेरीले ९० रुपैया प्रतिलिटरमा दुध विक्री गर्दै आएको छन् । यसैगरी घिउको मुल्य प्रति किलो १ हजार २ सय रुपैया रहेकोमा निजी डेरीले १ हजार रुपैया प्रति किलोमा घिउ विक्री गरिरहेको छ ।

अहिले सो आयोजनाले दैनिक करिब १९ हजार लिटर दुध खरिद गर्ने गरेको र उत्पादन थुप्रिदा कोठा भाडामा लिएर दुग्ध उत्पादन राख्ने गरेको विराटनगर दुग्ध वितरण आयोजनाका निमित्त आयोजना प्रमुख परमेश्वर चौधरीले जानकारी दिए । उनले  आर्थिक वर्ष ०८०/८१ मा ३६ करोड रुपैया दुधको बक्यौता बाँकी रहेकोमा गत कार्तिक देखि दुधको पैसा तिर्न नसकिएको बताए । 

आयोजनाले पहिले दैनिक ८ देखि १० हजार लिटर दुध तथा दुग्धजन्य पदार्थ विक्री गर्दै आएकोमा अहिले दैनिक ५ हजार लिटर मात्र दुध तथा दुग्धजन्य पदार्थ विक्री हुने गरेको जनाएको छ ।